Member of IFMGA / UIAGM / IVBV

Published on February 16, 2023

काठमाडौँ, माघ १३ गते । पदयात्रा तथा पर्वतारोहणमा जाँदा विपत्ति पर्ने र बेपत्ता हुनेहरूको उद्धारका लागि माउन्टेन गाइडलाई रिक्को प्रविधिको तालिम प्रदान गरिएको छ । मनासलु हिमाल आसपास, काठमाडौँ र नुवाकोटको ककनी क्षेत्रमा २५ जना नेपाल राष्ट्रिय पर्वतारोही पथ प्रदर्शक (माउन्टेन गाइड)हरूलाई पाँच दिने सर्च एन्ड रेस्क्यू तालिम दिइएको छ ।

यस अघि सगरमाथा, मनासलु लगायतका अग्ला तथा होचा हिमालहरूमा हिम पहिरोमा परी सयौँ पर्यटक र गाइडहरू बेपत्ता भएका छन् । तर उद्धारका सम्भावना नभएको भन्दै यस्ता प्रविधिहरू अपनाउने गरिएको थिएन । पछिल्लो वर्षदेखि मानवीय उपस्थिति सम्भावना नहुने क्षेत्रमा समेत हेलिकप्टरको सहयोगमा रिक्को डिभाइसले पत्ता लगाई उद्धार गर्न सकिने भएको छ । यसका लागि माउन्टेन गाइडलाई दक्ष बनाउन यो तालिमको आयोजना गरिएको रिक्को प्रविधिका नेपाल प्रतिनिधि सोफी लावाउडले बताउनुभयो । पदयात्रा र पर्वतारोहणमा जाँनु अघि रिक्को प्रविधिको डिभाइस लिएपछि उक्त प्रविधिले आरोहण र पदयात्रामा गएका पर्यटक, गाइडहरू बेपत्ता भए पत्ता लगाउन यो प्रविधिले सक्ने उहाँको दाबी छ ।

रिक्को प्रविधिको डिभाइस सानो हुने भएकाले कपडा अथवा मोबाइल, झोला जहाँ पनि राखेर जान सकिने हुन्छ यसको सहयोगले नेपालमा पनि सुरक्षित पर्यटक क्षेत्रको रूपमा प्रमाणित गर्न सकिने नेपाल राष्ट्रिय पर्वतारोही पथ प्रदर्शक सङ्घका अध्यक्ष आङ नुर्वु शेर्पाले बताउनुभयो । हालसम्म पर्वतीय क्षेत्रमा   उद्धारका पहल र प्रयासहरू कमै मात्रामा हुने गरेको तर रिक्को प्रविधि सहयोग बन्ने शेर्पाको भनाई छ ।

पाँच दिने सर्च एन्ड रेस्क्यू तालिमलाई अन्तर्राष्ट्रिय पर्वतारोही पथ प्रदर्शक सङ्घका पर्वतारोही प्रशिक्षक माथिन होफेर, बरिष्ठ प्रशिक्षक पाइलट सिद्धार्थ जं गुरुङ लगायत नेपालका प्रशिक्षक माउन्टेन गाइडहरूले प्रशिक्षण गर्नुभएको थियो ।